२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर थपिए ८१८ संक्रमित, थप ३ को मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा १६६ सहित आइतबार थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ८ हजार २६ जनाको परिक्षण गर्दा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ सहित ८१८ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएका छन् ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।

यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आइतबार ००:००  १० : ५५ बजे