२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने



काठमाडौं । काठमाडौं उपत्यकामा बिहान मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहान ९ः१५ बजेसम्म मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाउने निर्णय गरेको हो ।

औषधि, पानी र स्वास्थ्य सामग्रीका पसल भने बन्द हुने छैन । माछामासु पसलका लागि पनि सोही समय तालिका तय गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा अहिले निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आइतबार ००:००  १ : १० बजे