२०८२, ४ जेठ शनिबार | Sat May 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको  वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्ने बताए । बुद्धले देखाएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको बताएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको अवस्थामा युद्ध गर्नका लागि, सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, स्थल र आकाश सबै ठाउँबाट सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएका छन्, विश्वशान्तिका लागि चुनौती बनेका बताए ।

उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने बताए ।

प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाउनुभएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताएका छन् । लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ ।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

महोत्समा ४० देशका प्रतिनिधि सहभागी छन् । महोत्वस लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो ।

महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवद्र्धन गरी विश्वमाशान्ति,  सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेशन नेपाल र चिनियाँ संस्कृति प्रवद्र्धन समाजले आयोजना गरेको हो ।

प्रकाशित मिति : २०८२, १३ बैशाख शनिबार ००:००  २ : ५० बजे