२०८२, ५ जेठ आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिभक्तको ‘दुरि मलाई हुनु छैन’ सार्वजनिक



गीतकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा रहेको ‘दुरि मलाई हुनु छैन’ बोलको गीत सार्वजनिक भएको छ । सर्जक बुढाथोकीले आफ्फ्ै युटुव च्यानलबाट नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्कीको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनीले गरेका छन् ।

नेपाली साहित्य र समाजसेवामा कहलिएका गीतकार हरिभक्त बुढाथोकीले एक दर्जन भन्दा बढि पुस्तक लेखेका छन् । ४ विविध विधामा सोध्यपत्र समेत लेखेका र नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक रहेका उनले “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा अंग्रेजीमा मोटर ड्र«ाइभिङ लगायत पुस्तक लेखेका छन् । ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहित्यकार) मा समेत हरिभक्त बुढाथोकी निकै अब्बल मानिन्छन् ।

बुढाथोकीले थुप्रै चर्चित गीतहरु रचना गरेका छन् । नजर लाग्ला नि, मुटुमै गाँसेको माया र तिम्रै दर्शन उनको हिट गीतहरुमा पर्छन् ।

प्रकाशित मिति : २०८२, १५ बैशाख सोमबार ००:००  ७ : २५ बजे