२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी पूर्ण खोप सुनिश्चित पालिका घोषणा



रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि गत बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

छ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई सम्मान गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने रावाबेँसी गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।

प्रकाशित मिति : २०८२, १८ बैशाख बिहिबार ००:००  २ : ३३ बजे