२०८२, १६ जेठ बिहीबार | Thu May 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित



राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । 

सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

त्यस क्रममा उनले  नीति तथा कार्यक्रम  सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने  उद्देश्यसहित प्रस्तुत भएको बताएका थिए ।

शोक प्रस्ताव पारित

बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाका अध्यक्ष  दाहालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३० गते मङ्गलबार अपराह्न  १ः१५ बजे बस्ने छ ।

प्रकाशित मिति : २०८२, २८ बैशाख आइतबार ००:००  ५ : ०४ बजे