२०८१, १२ फाल्गुन सोमबार | Tue Feb 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका २ प्रहरीमा कोरोना संक्रमण




ओखलढुंगा । ओखलढुंगाका २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ६० जनाको स्वाब परीक्षण गरिएकोमा २ जना प्रहरीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरीहरु खोटाङ र उदयपुरबाट आएका थिए ।

पछिल्लोपटक जिल्लाबाट सुरक्षाकर्मी, कर्मचारी, विभिन्न देशबाट आएर होल्डिङ सेन्टरमा रहेकाहरुको स्वाब परीक्षण गरिएको थियो ।

मानेभञ्ज्याङमा रहेको उनीहरुलाई रुम्जाटार लैजाने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार ००:००  ८ : ५२ बजे