बुढानीलकण्ठ नगरपालिका ८ मा हाडजोर्नी तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वडा भित्रका हाडजोर्नी र मधुमेहको समस्या भएका बिरामीहरुको स्वास्थ्य जाँच तथा उपचार गर्ने उद्देश्यले नेपाल कार्डियो डाइबेटिज एन्ड थाइराइड सेन्टरसँगको सहकार्यमा वडा कार्यालयले शिविर सञ्चालन गर्ने भएको हो ।
वडा अध्यक्ष सुमन तामाङले वडा कार्यालयको प्राङगनमा जेठ ३ गते शनिवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराएर अधिकतम् लाभ लिन बुनपा ८ र आसपासमा बसोबास गर्ने स्थानीयलाई आग्रह गरेका छन् ।
अनुसार शिविरमा हाडजोर्नी तथा मधुमेह सम्बन्धी समस्या भएका व्यक्तिहरूको जाँच, परामर्श र आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।