२०८२, १८ माघ शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा जिप दुर्घटना, दुई जना घाइते



जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७ नम्बरको जिप दुर्घटना हुँदा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए । 

घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिप सडकदेखि २०० मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : २०८२, २ जेठ बिहीबार ००:००  ७ : ५९ बजे