
काठमाडौं । काठमाडौँ उपत्यकामा स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै नगरपालिका फोरमले अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नु परेका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।












