
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका १ जना, रुपन्देहीका ४ जना, मोरङका १ जना, सुनसरीका १ जना र पर्साका १ जनाको संक्रमणबाट मृत्यु भएको जानकारी दिए । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
यस्तै सोमबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षण गर्दा ७४३ जनामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २२४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
यस्तै १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।