ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुखले जानकारी दिए ।
निर्माण कार्यमा ढिलाई भए पछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणमा सक्रियता देखाएका थिए ।