
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि लम्बयाउने या नलम्बयाउने भन्ने निर्णय आज हुने भएको छ । गत बुधबार मध्यरातिदेखि उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा लागू भएको निषेधाज्ञाको अवधि भोलि बुधबार मध्यरातिबाट सकिँदै छ ।
अत्यावश्यकबाहेक अन्य गतिविधिमा रोक लगाइएको निषेधाज्ञाबारे निर्णय गर्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आज चार बजे बस्ने संयुक्त बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
सोमबारमात्र उपत्यकाभित्रका नगर इकाइहरुले उपत्यकामा अर्को हप्ता पनि निषेधाज्ञा लम्ब्याउनुपर्ने सुझाव दिएका छन् । उपत्यकामा कोरोना संक्रमितहरुको संख्या बढिरहेको तर्क गर्दै नगर,महानगरहरुले निषेधाज्ञाबारे सोच्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् । दुवै प्रशासनले आ–आफ्ना निर्णय आज बस्ने संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।