२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरिस्थित गोदामचोकमा चक्कु प्रहारबाट एक जना घाइते



काठमाडौंको चन्द्रागिरिस्थित गोदामचोकमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्।

शनिबार राति १० बजेतिर चन्द्रागिरि नगरपालिका-४ गोदामचोकमा बस्ने ४६ वर्षीय सुकबहादुर लामामाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

सुकबहादुरमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय महेश्वर लामालाई पक्राउ गरेको छ।

उनीहरू दुई जनाबीच झगडा भएको थियो। त्यही बेला महेश्वरले सुकबहादुरमाथि चक्कु प्रहार गरेको एसपी बोहराले बताए।

चक्कु प्रहारबाट सुकबहादुरको घाँटीमुनि चोट लागेको छ। उनको उपचारको लागि स्थानीय गोदाम स्वास्थ्य चौकी पठाइएको थियो। उनी बोल्न सक्ने अवस्थामा छन्।

झगडा हुँदा महेश्वर पनि सामान्य घाइते छन्।

प्रहरी वृत्त थानकोटले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ८ असार आइतबार ००:००  ११ : ०५ बजे