२०८३, ४ आश्विन आइतबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा चट्याङ लागेर एक हलगोरु मरे



मोरङको लेटाङ–७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । आइतबार बिहान पानीसहित लामो समयसम्म चट्याङ परेको थियो ।

बिहान २ बजेतिर कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हलगोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ की महिला वडा सदस्य पूर्णमाया राईले बताउनु भयो । वडा सदस्य राईका अनुसार घर नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशुमध्ये हलगोरू मात्र मरेका हुन् ।

दलबहादुर लिम्बूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हलगोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको छ । कुम्ले लेटाङको पहाडी गाउँ हो ।

प्रकाशित मिति : २०८२, ८ असार आइतबार ००:००  १२ : ४० बजे