मुगुको खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा न ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खत्यड गाउँपालिका–४ पैखु गाउँकि सारदा थापा रहेकी छ्न । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरुमा सोही वडा हिगोटी गाउँका जस सार्की, दल विक, जिउका गाउँका जौकला रोकाया, धनराज रोकाया, हुकुम रोकायाकी श्रीमती, पैखु गाउँका अमना थापा, दलविर थापाकी छोरी, वडा न ६ घर भएका ट्याक्टर चालक दानबहादुर बुढथापा रहेका छन् ।
घाइते आठै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतवार राति ९ बजेतिर वडा न ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट करिब सात साय मिटर तल खसेको थियो ।
घटना लगतै प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी घटना स्थलमा पुगेको थियो स्थानिय र प्रहरीहरुले घाइतेहरुलाइ उद्दार गरेका थिए ।











