२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘युद्धबिराम’ लाई सन्देहमा पार्दै इरानद्धारा इजरायलमाथि ताजा मिसाइल आक्रमण



 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ‘युद्धबिराम’ लाई सन्देहमा पार्दै इजरायलमाथि इरानले ताजा मिसाइल आक्रमणहरू गरेको छ । मिसाइल प्रहारबाट इजरायलको दक्षिणी सहर बेयरशेवामा कम्तीमा ३ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले इजरायल र इरानबीच ‘१२ दिनको युद्ध’ अन्त्य भएको घोषणा गरेपछि भएको हो । उनले यो युद्धविराम चरणबद्ध रूपमा लागू हुने दाबी गरेका छन् । तर, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलसँग युद्धविराममा कुनै सहमति नभएको बताएका छन् ।

इजरायलले आफ्नो ‘गैरकानुनी आक्रमण’ स्थानीय समयअनुसार बिहान ४ बजे (००ः३० जीएमटी) सम्म रोकेमा तेहरानले आक्रमण रोक्ने उनको भनाइ छ । इरानी सरकारी टेलिभिजनले भने युद्धबिराम कार्यान्वयनमा आइसकेको बताएको छ ।

इजरायलले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । मंगलबार बिहान इरानबाट मिसाइल प्रक्षेपण भएको पत्ता लगाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा लुक्न भनेको छ ।

केही घण्टाअघि इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो ।

इरानका अनुसार जुन १३ मा इजरायलले आक्रमण सुरु गरेयता १३ बालबालिकासहित ४०० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ३ हजार ५६ जना घाइते भएका छन् । इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  ११ : ०३ बजे