२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपाटनको बजेट ८५ करोड, प्राथमिकतामा कृषि



सिन्धुलीको तीनपाटन गाउँपलिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ८५ करोड ३३ लाख ११ हजार १ सय ६१ को बजेट ल्याएको छ । आज असार १० गतेसम्पन्न गाउँसभाको १६ औं अधिवेशन मार्फत तीनपाटनले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

सभामा विगतका वर्षका नीति तथा कार्यक्रमहरूको समीक्षा गरेर अघिल्लो वर्षका अपुरा कामलाई पूर्णता दिँदै दिर्घकालिन महत्व राख्ने र किसानको मुहारमा खुसी ल्याउने कृषि क्षेत्रको विकासमा जोड दिइएको गाउँपलिका अध्यक्ष कर्णबहादुर मगरले अनालाईन सरोकारलाई बताए । विगतमा पुरा नभएका जनताका माग र आवश्यकता आगामी वर्ष पुरा गर्नेगर िबजेट ल्याइएको उनको भनाई छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वधार क्षेत्रलाई परिमार्जन सहित सञ्चालन गर्ने कार्यक्रम ल्याइएको छ ।

तीनपाटन गाउँपालिकालाई बालमैत्री र पोषण मैत्री पालिका घोषणा समेत नीति ल्याइएको छ ।

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  ६ : ४० बजे