२०८२, २९ जेठ बुधबार | Wed Jun 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निको भएको ४ महिनापछि हङकङमा देखियो पुनः कोरोना



काठमाडौं । निको भएको ४ महिनापछि हङकङमा पुनः कोरोना संक्रमण देखिएको छ । हङकङका वैज्ञानिकहरुले एकपटक निको भइसकेका व्यक्तिलाई चार महिनापछि दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएको पुष्टि गरेका हुन् ।

३० बर्षभन्दा बढी उमेरमा ती व्यक्तिलाई झण्डै साढे ४ महिना अगाडि पहिलोपटक कोरोना संक्रमण भएको पुष्टि भएको थियो । एउटै व्यक्तिलाई दोश्रोपटक संक्रमण हुनसक्ने बताइँदै आए पनि पुष्टि भएको भने यो पहिलो पटक हो । विश्व स्वास्थ्य संगठनले भने एक जना बिरामीको विषयलाई लिएर कुनै निष्कर्षमा पुग्न नसकिने बताएको छ ।

कतिपय वैज्ञानिकहरुले दोश्रो पटक संक्रमण दुर्लभ भएको बताएका छन् । हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार ती व्यक्ति संक्रमणबाट निको हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमा भर्ना भएका थिए । पछिल्लोपटक विमानस्थलमा गरिएको परीक्षणमा उनमा दोश्रोपटक कोरोना संक्रमण देखिएको हो । यद्यपि उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ६ : ४६ बजे