२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेचासल्यानको बजेट ५१ करोड ६६ लाख, पूर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकता



सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ५१ करोड ६६ लाख २० हजार ८ सय ८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष विना राईले मंगलबार १७ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

गाउँपालिका अध्यक्ष धनराज राईले पहिलो शिक्षा दोस्रो कृषि र तेस्रो पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको अनलाइन सारोकारलाई बताए ।

नेचाका नागरिकलाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्य अनुसार अनुदानका कार्यक्रम साथै उत्पादित कृषि उपजहरुलाई बजारिकरणको व्यवस्था गरेर शिक्षा  क्षेत्रको विकासको लागि भौतिक पुर्वधार, शैक्षिक सामाग्री वितरण र पर्यटन विकासको लागी विशेष योजना बनाएर निती बनाइएको अध्यक्ष राईले बताए ।

उनका अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक, आपाङ्ग र विपन्न नागरिकका लागि यो बजेटमा परिमार्जित सहित सम्बोधन गरेर कार्यक्रम ल्याएको र चालु आर्थिक वर्षमा बाँकी रेहेका र कार्यान्वन हुन बाकी सम्पूर्ण योजनालाई आगामी आर्थिक वर्षमा समेट्ने गरि नीति तथा कार्यक्रम ल्याएको बताए ।

नेचा सल्यानले आगामी वर्षलाई विकासको वर्षमा रुपमा लिने भएको छ । कृषि र पर्यटनलाई नेचाले समृद्धिको आधारका रुपमा लिँदै आएको छ ।  

प्रकाशित मिति : २०८२, ११ असार बुधबार ००:००  २ : १५ बजे