२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७६ करोड बजेट ल्याएको मरिणको नयाँ नीतिः अधुरा काम सक्ने, नयाँ गौरवका योजना थाल्ने



सिन्धुलीको मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैंयाको बजेट ल्याएको छ । सोमबार सम्पन्न दोस्रो गाउँसभा तथा सातौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष विमला माझीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

मरिण गाउँपालिकाले आगामी आर्थक वर्षमा शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याएको गाउँपालिक अध्यक्ष विमर्श मोक्तान (प्रख्यातले) अनलाइन सरोकारलाई बताए । 

गत वर्षको निती तथा कार्यक्रममा उल्लेख भएका र कार्यान्यन हुन बाँकि र अधुरा कामलाई आगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष मोक्तानले बताए ।

उनका अनुसार गत वर्ष जस्तै यो वर्ष पनि पर्यटन, पुर्वधार, कृषि, पशुपालन, स्वास्थ्य, क्षेत्रको विकास लक्षित गरि परिमार्जन सहित कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई छ ।

मरिण गाउँपालिकाले बाँजो जग्गा उपयोगका लागि नीतिगत निर्णय गर्दै, समृद्ध  र आत्मानिर्भर मरिण निमाणर््को लागि स्थानिय स्तरमै रोजगार सिर्जजन गर्ने लक्ष्य रहेको अध्यक्ष मोक्तनले बताए ।  

प्रकाशित मिति : २०८२, ११ असार बुधबार ००:००  २ : २४ बजे