मुगुको छायँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि कुल रु ६६ करोड ११ लाख १३ हजार २८२ को बजेट ल्याएको छ । छायाँनाथ रारा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्पूर्ण विधि प्रक्रिया पूरा गर्दै असार १० गते १७ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

नगरबासीको भावना र आवश्यकतालाई उच्च सम्मान गर्दै छायाँनाथ रारा नगरपालिकालाई सुन्दर स्वच्छ र समृद्ध बनाउने अभियानका साथ शिक्षा स्वास्थ्य, खानेपानी, विद्युत, सडक, यातायात, भौतिक पूर्वधार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छायाँनाथ राराका नगर प्रमुख बिष्णुकुमार भामले बताए ।
उनका अनुसार समृद्ध छायाँनाथ रारा नगरपालिका सुखि नगरबासी नारालाई आत्मासाथ गरेर बजेट निमार्ण गरिएको नगर प्रमुख भामको भनाई छ ।
आर्थिक सामाजिक ढाचामा अगाडी नगरलाई अगाडी बढाउन जडीबुटी, व्यापार, पर्यटन, कृषि, पशुपालनको उच्च सम्भावना भएकाले यि क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष्य अनुसार बजेट ल्याइएको नगरपालकिाले जनाएको छ ।