२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अस्पताल खोटाङमा आकस्मिक तथा प्रसूती बाहेकका सेवा बन्द



खोटाङ । जिल्ला अस्पताल खोटाङले आकस्मिक तथा प्रसूती बाहेकका सेवा बन्द गरेको छ । पाँच दिनअघि उपचार गरी रेफर गरिएको बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालले आकस्मिक तथा प्रसूती बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको हो । गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पु¥याइएकी एक महिलालाई सोमबार कोरोना संक्रमण देखिएको थियो ।

ती महिलाको सम्पर्कमा रहेका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परिक्षणका लागि आकस्मिक तथा प्रसूती बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रविन कुमार फुयाँलले बताए ।

उनका अनुसार, स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परिक्षणमा पठाइएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सुचारु गरिने प्रमुख फुयाँलले जानकारी दिए ।

ज्वरोको समस्यले बिरामी परेकी महिला भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी थिईन् । अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि रेफर गरिएको थियो ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ७ : ०६ बजे