२०८३, ३१ जेष्ठ आइतबार | Sun Jun 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार



काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् ।

फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही छन् ।

थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् ।

प्रकाशित मिति : २०८२, १५ असार आइतबार ००:००  ५ : ०७ बजे