२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानको साधारणसभा अनिश्चितकालका लागि स्थगित




काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरसको संक्रमण बढिरहेकाले भदौ १५ सम्म गर्ने भनिएको क्यानको साधारणसभा तत्कालका लागि सम्भव नभएको बताए । उनका अनुसार क्यानले साधारण सभाका लागि स्थिति सहज भएपछि सूचना प्रकाशन गर्नेछ ।

यसअघि गत साउन पहिलो साता क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ सम्म वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यतिबेला विभिन्न पाँच पदका लागि दरखास्त आह्वान गर्ने पनि निर्णय गरेको थियो । तर एक महिना बित्दा पनि दरखास्त आह्वान गरिएको छैन ।

प्रमुख प्रशिक्षक, महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्ति गर्नका लागि एक साताभित्र सूचना प्रकाशन गर्ने क्यानले जनाएको थियो । सूचना प्रकासन गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समन्वय गरिने क्यानको भनाइ थियो । यो अवधिमा क्यानले आइसिसीसँग समन्वय गरे पनि सूचना प्रकाशित गर्न सकेको छैन ।

गत माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पद रिक्त छ । अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी छ ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ७ : १५ बजे