२०८२, ३ आश्विन शुक्रबार | Fri Sep 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषित



हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्ष २०८१/०८२ मा जन्मेदेखि १५ महिनासम्मका ३३७ जना र १६ देखि ५९ महिनासम्मका ११८४ जना बालबालिकाले १४ रोगविरुद्धको नियमित खोप लगाएको सुनिश्चित भएपछि सोमबार औपचारिक घोषणा गरिएको हो।

घोषणा समारोहमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले प्रमाणपत्र नगरप्रमुख विमला राईलाई हस्तान्तरण गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरुको उपस्थिति थियो।

खोटाङका १० वटै पालिकालाई अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ। यही असार २२ गते कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय घोषणा कार्यक्रम गरिने तयारी छ।

नेपाल सरकारले ५ वर्षमुनिका बालबालिकालाई १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” नाराका साथ खोप कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति : २०८२, १६ असार सोमबार ००:००  ५ : ४२ बजे