२०८३, ४ आश्विन आइतबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर गरे देहत्याग



चितवनमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका छन्।

जिल्लाको रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले सोमबार बिहान ६ः०० बजे आफ्नै शरीरमा आगो लगाएर देहत्याग गरेका हुन्।

राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जल्न गइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।

प्रकाशित मिति : २०८२, १७ असार मंगलबार ००:००  ११ : ०८ बजे