२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिण गाउँपालिकाको आयोजनामा व्यवसायीहरूलाई प्रविधि हस्तान्तरण



मरिण गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पुराना तथा निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका उद्यमी र व्यवसायीहरूलाई उपयुक्त प्रविधि हस्तान्तरण गरिएको छ ।

कार्यक्रम वडा नं १, ३, ४, ६ र ७ का उद्यमीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको हो ।

३० प्रतिशत लागत साझेदारीमा प्रदान गरिएको प्रविधिहरूमा हाते ट्र्याक्टर, कम्बाइन राइस मिल, मकै छोड्ने मेसिन, प्लास्टिक टनेल आदि समावेश छन्।

प्रविधि हस्तान्तरण कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान , प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास र अन्य पालिका कर्मचारीहरूको उपस्थितिमा प्रविधि हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०८२, १७ असार मंगलबार ००:००  ५ : १७ बजे