२०८१, १२ फाल्गुन सोमबार | Tue Feb 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट काँग्रेस नेता रञ्जितको निधन




काठमाडौं । कोरोना संक्रमणबाट काँग्रेस नेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल जनाएको छ ।

१३ दिन अघिदेखि ज्वरो र खोकी लागेका रञ्जित आइतबारमात्र अस्पताल भर्ना भएका थिए । निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको थियो ।

रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन् । काँग्रेस काठमाडौं-२ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ७ : ३४ बजे