२०८२, २९ श्रावण बुधबार | Wed Aug 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता



तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका–२, दुम्लिङस्थित तुइनबाट मंगलबार (असार ३१) महाकालीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

उनीसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितु तुइनमार्फत महाकाली सकुशल पार गरी भारततर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीचभागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

उक्त घटनापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्न पाएनन् । स्थानीयवासी र प्रहरीले बेपत्ता नारायणको खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।

प्रकाशित मिति : २०८२, ३१ असार मंगलबार ००:००  ४ : ५९ बजे