२०८२, २९ श्रावण बुधबार | Wed Aug 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेचासल्यान गाउँपालिकाकाे आगामी आर्थिक वर्षकाे बजेट ५२ करोड



सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ५२ करोड १ लाख २० हजार ८ सय ८३ रुपैयाँको बजेट विनियोजन गरेको छ।

१७ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष विना राईले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालु खर्चतर्फ ३८ करोड ९ लाख ८० हजार ९ सय ४१ र पुँजीगत खर्चतर्फ १३ करोड ९१ लाख ३९ हजार ९ सय ४२ रुपैयाँ छुट्याइएको छ।

यसपालिको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ४ करोडले वृद्धि भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न गाउँसभाबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम पारित गरिएको हो।

संघीय र प्रदेश सरकारको सहयोग
गाउँपालिकाको कुल आयको स्रोत विवरण अनुसार संघीय सरकारबाट सशर्त अनुदान २३ करोड ९१ लाख, वित्तीय समानीकरण अनुदान १० करोड ९७ लाख, राजस्व बाँडफाँड ६ करोड ५१ लाख ६९ हजार ७ सय ४१, समपूरक अनुदान १ करोड २२ लाख, र विशेष अनुदान ३ करोड ९० लाख रहेको छ।

प्रदेश सरकारतर्फ सशर्त अनुदान ३ करोड ८ लाख २६ हजार, वित्तीय समानीकरण अनुदान १ करोड ७ लाख ५४ हजार, राजस्व बाँडफाँड ४३ लाख २९ हजार, र प्रदेश समपूरक अनुदान १ करोड २० लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

आन्तरिक स्रोत र अन्य आय
गाउँपालिकाले मालपोत रजिष्ट्रेशनबाट २ लाख ५० हजार, अन्य आन्तरिक आयबाट ६३ लाख ५० हजार, संस्थागत अनुदानबाट ५९ लाख ४२ हजार १ सय ४२, र चालु आर्थिक वर्षबाट सञ्चित कोषबाट १ करोड १५ लाख रुपैयाँको आय अनुमान गरेको छ।

गाउँपालिकाले यो बजेट माध्यमबाट स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, वातावरण तथा सामाजिक विकासजस्ता क्षेत्रमा प्राथमिकता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ श्रावण बुधबार ००:००  ३ : ३० बजे