ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, लिखु गाउँपालिका–६, ओखलढुंगामा कक्षा ११ मा भर्ना प्रक्रिया सुरु भएको छ । विद्यालयले विज्ञान, व्यवस्थापन, कृषि र शिक्षा समूहमा अध्ययन गराउन लागेको हो ।
विद्यालयले विगतको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि कक्षा १० को एसईई परीक्षामा सहभागी भई अध्ययनमा अब्बल रहेका तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि निशुल्क अध्ययनको व्यवस्था गरेको छ । विशेषगरि : विज्ञान र बाली विज्ञान समूहमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरिने विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार कक्षा ११ मा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गर्न सक्नेछन्। विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, र अनुभवी शिक्षकहरूद्वारा शिक्षण गरिन्छ , साथै, शैक्षिक भ्रमण, सह–पाठ्यक्रम गतिविधिहरू समेत विद्यालयको प्रमुख आकर्षण रहेको विद्यालयका प्रधानाध्यापक पदम रोकाले बताउनु भयो ।

विद्यालयको सम्पर्क नम्बरहरू ९८६०७१३६३६ र ९८५१०१७२५८ मा फोन गरी थप जानकारी लिन सकिनेछ भने, इच्छुक विद्यार्थी तथा अभिभावकहरूले ईमेल (yourgramodaya@gmail.com) वा विद्यालयको वेबसाइट (www.gramodayaschool.edu.np) मार्फत पनि जानकारी प्राप्त गर्न सक्नेछन्।
विद्यालय प्रशासनले भर्ना खुला भएको जानकारी दिँदै समयमै आवेदन दिन सबै एसईई पास भएका विद्यार्थीहरूलाई अनुरोध गरेको छ।
