२०८२, ३० श्रावण बिहीबार | Fri Aug 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान



राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिएको छ । बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो ।

सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो । 

बैठकमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू ,इश्वरी घर्ती,  माधव सापकोटा ,  गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की, सहसचिव मनोज कुमार गिरी लगायत सहभागी छन् । 

प्रकाशित मिति : २०८२, १ श्रावण बुधबार ००:००  ५ : १३ बजे