२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बरेङ गाउँपालिकामा कृषि र पशुपालनमा उल्लेखनीय प्रगति, किसान आत्मनिर्भर बन्दै



बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रको विकासमा उल्लेखनीय परिवर्तन गरेको छ । स्थानीय सरकारको प्राथमिकतामा रहेको कृषि नीति अन्तर्गत यहाँका किसानहरू आत्मनिर्भर बन्न थालेका छन्।

पालिकाले कृषिमा निर्भर किसानलाई लक्षित गर्दै विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। बिउबिजन, मल, औजार, प्लास्टिक टनेलजस्ता कृषि सामग्री वितरण गर्दै कृषकलाई प्रोत्साहित गरिएको छ। साथै पशुपालनका लागि समेत उन्नत जातका बाख्रा, खोर निर्माण सहयोग र तालि सञ्चालन गर्दै आएको छ ।

बरेङ गाउँपालिका–३ का किसान महेश कार्कीले गाउँपालिका र वडा कार्यालयको सहयोगमा बाख्रा पालन व्यवसाय सुरु गरेका हुन्। उनी भन्छन्, “शुरुमा केही बाख्राबाट सुरुवात गरेको थिएँ, अहिले व्यवसाय नै विस्तार भइरहेको छ। बजार सजिलो भएको छ, आम्दानी राम्रै छ।”

त्यस्तै, सोही वडाका अर्का कृषक खडक पुनले टनेल खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले भनिन्, “पहिले सिजनमै तरकारी हुन्थ्यो, अहिले टनेल खेतीले वर्षैभरि उत्पादन गर्न सम्भव भएको छ। पालिकाको सहयोगले सहज भएको छ।”

गाउँपालिकाका अनुसार कृषि र पशुपालनको माध्यमबाट युवालाई गाउँमै रोजगारी दिने, उत्पादन वृद्धि गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिएको छ। यसका लागि आगामी दिनमा थप अनुदान, तालिम तथा सहजीकरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष दिलिप कुमार पुनको नेतृत्वा पाएको बरेङ गाउपलिकाले शिक्षा स्वास्थ्य र पूर्वधारको क्षेत्रमा पनि आसाधित परिवर्तन गरेको छ ।

प्रकाशित मिति : २०८२, ३ श्रावण शुक्रबार ००:००  ४ : ४५ बजे