२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा समितिको बैठक सुरु



प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ ।

सरकारका तर्फबाट बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागी छन् । अहिले विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन् । सांसदलाई बोल्न पाँच मिनेटको समय दिइएको छ । उनीहरूलाई समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको विषयमा मात्र बोल्न भनेका छन् ।
यसअघि, असार २२ गते समितिको बैठक बसेको थियो । त्यस बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : २०८२, ५ श्रावण आइतबार ००:००  १२ : ०३ बजे