२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा समितिको बैठक सुरु



प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ ।

सरकारका तर्फबाट बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागी छन् । अहिले विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन् । सांसदलाई बोल्न पाँच मिनेटको समय दिइएको छ । उनीहरूलाई समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको विषयमा मात्र बोल्न भनेका छन् ।
यसअघि, असार २२ गते समितिको बैठक बसेको थियो । त्यस बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रकाशित मिति : २०८२, ४ श्रावण आइतबार ००:००  १२ : ०३ बजे