२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेष्टहाउसमा युवकको हत्या अभियोगमा महिला पक्राउ



जनकपुरधामको होटल एसपी एण्ड गेष्टहाउसमा शनि भनिने विमलेश यादवको हत्या अभियोगमा एक युवती पक्राउ परेकी छन् ।

महोत्तरीको बलवा नगरपालिका-७ की २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनिमाथि गेस्टहाउसमा छुरा प्रहार गरी एकतल्लाबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारको क्रममा उनको अस्तातमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा शनिको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीको दावी छ । प्रहरीका अनुसार घटनापछि झा गेस्टहाउसबाट भागेको सीसीटिभी क्यामेरामा कैद भएको थियो ।

मृतक शनि र पक्राउ परेकी युवती झा गेस्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ६ श्रावण सोमबार ००:००  १ : ३४ बजे