२०८२, ४ भाद्र बुधबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्कियो



बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना भएको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ ७ लडाकु विमान दुर्घटनामा परेको हो ।

घटना स्थानीय समयअनुसार सोमबार १ बजेर १८ मिनेट जाँदा भएको हो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा दुर्घटनामा परी केही व्यक्ति घाइते भएको देखाइएको छ । उनीहरुलाई उत्तरा आधुनिक अस्पताल लगिएको बताइएपनि यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति : २०८२, ६ श्रावण सोमबार ००:००  ३ : ५० बजे