नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार च्यासलमा भएको भेटवार्ताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाटै प्रस्ताव आएको बताएका छन् । सोमबारबाट च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले भण्डारीले प्रस्ताव गरेपछि आफू च्यासल आएको बताए ।
भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो । ‘कहाँ भेट्ने रु’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
तर, पूर्वराष्ट्रपति भण्डारी च्यासल आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूह पनि देखिएकोु उनको भनाइ छ ।
तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूह पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए,ू ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
बैठकमा ओलीले राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने बताएका छन् ।
हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ । राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्टरूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो