२०८३, ४ असार बिहिबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तमोरको बाढीले बेलिब्रिज बगायो



ताप्लेजुङमा तमोर नदीमा आएको बाढीले एउटा बेलिब्रिज बगाएको छ।

फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल ९बेलिब्रिज० आज बिहान ६ बजे बाढीले बगाएको हो।

पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बाढीले बगाएको हाइड्रो पावरका प्रबन्धक मुकुन्द पोख्रेलले जानकारी दिए।

अविरल वर्षापछि बुधबार बिहान तमोर, घुन्सा र हेल्लोक खोलामा ठूलो बाढी आएको छ। वर्षासँगै लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको छ। त्यहाँका स्थानीयले भागेर ज्यान जोगाएका छन्।

बेलिब्रिज बाढीले बगाएपछि त्यस क्षेत्रमा आवतजावतमा समस्या भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। त्यस क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।

प्रकाशित मिति : २०८२, ७ श्रावण बुधबार ००:००  १० : ४२ बजे