२०८२, ७ आश्विन मंगलबार | Tue Sep 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो



साताको अन्तिम कारोबार दिन ( शुक्रबार ) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

मूल्यमा भएको घटबढसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २४ सय रुपैयाँले घट्दै १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव चल्दै गर्दा अन्तराष्ट्रिय बजारमा पनि सामान्य उतारचढाव देखिएको छ । अघिल्लो दिनको तुलनामा मूल्य घट्दै सुन प्रतिऔंश ३ हजार ३६१ डलर कायम भएको छ भने चाँदी प्रतिऔंश ३८।९६ डलर कायम भएको छ ।

प्रकाशित मिति : २०८२, १० श्रावण शुक्रबार ००:००  ११ : २३ बजे