२०८२, २९ श्रावण बुधबार | Wed Aug 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय भवनको छत खस्दा ५ बालबालिकाको मृत्यु, ३० भन्दा बढी गम्भीर घाइते



राजस्थानको झालावाड जिल्लाको पिपलोदी गाउँमा शुक्रबार बिहान एक सरकारी विद्यालय भवनको छत खस्दा ५ जना बालबालिकाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । यद्यपि, प्रशासनले अहिलेसम्म यसको आधिकारिक पुष्टि नगरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विद्यालयमा बिहानको प्रार्थना चलिरहेको बेला भवनको छत अचानक खसेको र धेरै विद्यार्थीहरू भग्नावशेषमुनि पुरिए । घटना हुने बित्तिकै नजिकैका गाउँलेहरू घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरे ।

स्थानीय प्रशासनले जेसीबी मेसिनको सहयोगमा भग्नावशेष हटाउन थालेको छ । अझै पनि धेरै बालबालिका भग्नावशेषमुनि फसेको हुनसक्ने बताइएको छ ।

भग्नावशेषबाट उद्धार गरिएका घाइते विद्यार्थीहरूलाई मनोहरथानाको अस्पतालमा भर्ना गरिएको छ । केही गम्भीर घाइते बालबालिकाहरूलाई मनोहरथानाको सरकारी अस्पतालबाट झालावाड जिल्ला अस्पतालमा रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८२, १० श्रावण शुक्रबार ००:००  ११ : ५४ बजे