२०८२, ३ भाद्र मंगलबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी सदस्यताको विषयमा विवाद आवश्यकता छैन :पूर्व राष्ट्रपति भण्डारी



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् ।

‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, भण्डारीले पत्रकार सम्मेलनमा भनिन्, ‘यसले साख गिर्नेछ ।’ उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन् ।

प्रकाशित मिति : २०८२, १० श्रावण शुक्रबार ००:००  ४ : ११ बजे