२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागवण्डामा मुख्यमन्त्री फेरबदल सम्भव छैन : शेरधन राई



काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले तत्काल भागवण्डामा  मुख्यमन्त्री बदल्ने कुरा सम्भव नभएको बताएका छन् । पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता दिँदै मुख्यमन्त्री राईले प्रदेश सरकार विघटन हुने र नयाँ बन्ने सम्भावना नभएको बताएका हुन् ।

पार्टीले गरेको निर्णय आफुले मान्ने भएपनि मुख्यमन्त्री विधि र प्रक्रियाबाट बनेको स्मरण गर्दै अर्को पात्र पनि प्रक्रियाबाटै मुख्यमन्त्री बन्नुपर्ने बताए ।

केन्द्रमा नेताहरुले टिका लगाएर पठाएपनि प्रदेशमा सजिलै अर्को व्यक्ति मुख्यमन्त्री बन्ने सम्भावना नरहेको संकेत गरेका हुन् ।

उनले अहिलेसम्म मुख्यमन्त्रीको रुपमा आफूले राम्रो काम गरेको दावी गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

https://www.youtube.com/watch?time_continue=341&v=nboP2omKqXw&feature=emb_title

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार ००:००  ८ : ३० बजे