२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपालमुनि राखिएकी सुत्केरी ११ दिनपछि घरमा



प्लास्टिकको त्रिपालमुनि राखिएकी हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरीलाई ११ दिनपछि घर लगिएको छ ।

उनले साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरा जन्माएकी थिइन् । लगत्तै उनलाई घरका सदस्यहरुले तरकारी खेतिमा टनेलको रुपमा प्रयोग हुने प्लास्टिकको त्रिपालमुनि राखेका थिए ।

स्वास्थ्य इकाइबाट स्टाफ नर्स सुस्मिता रावत र स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले दुई–दुई पटक गएर सम्झाउँदा पनि घरपरिवारले सुत्केरीलाई घर लैजान मानेनन् ।

‘प्लास्टिकको त्रिपालमुनि बस्दा बच्चाको शरीरमा खटिरा आइसकेको थियो,’ स्टाप नर्स रावतले भनिन्, ‘बेलाबेला सम्झाउँदा घरपरिवारले मानेन ।’

स्वास्थ्य स्वयंसेविका शाहीले पनि धेरै पटक सम्झाउँदा पनि ‘देउता रिसाउने’ भनेर परिवारका सदस्यहरुले घर लैजान नमानेको बताइन् ।

शाहीले भनिन्, ‘मैले मेरो घरको एउटा कोठामा आएर बस्नुस् भन्दा पनि सुत्केरीले मानिनन्, सायद घरपरिवारको डरले पनि होला ।’ ११ औं दिनपछि बल्ल–बल्ल घर भित्राइएको शाहीले बताइन् ।

प्रकाशित मिति : २०८२, १३ श्रावण सोमबार ००:००  ११ : ०४ बजे