२०८३, २१ बैशाख सोमबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता



सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८२, १२ श्रावण सोमबार ००:००  २ : ०६ बजे