२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा एक वृद्धको हत्या



सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका-११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।

आज बिहान ६ : २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८:२० बजे उनको मृत्यु भएको डीएसपी पासवानले बताए ।

उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बुधबार ००:००  १० : ३७ बजे