२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैंडाकोटको एक रिसोर्टमा आगलागी



पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।

काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । विदेशबाट फर्किएर आएका धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो ।

टायल वा मार्बलको प्रयोग नगरी निर्माण गरिएको रिसोर्टमा काठैकाठका भिल्लाहरु छन् । रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु छन् ।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं। ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।

काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । विदेशबाट फर्किएर आएका धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो ।

टायल वा मार्बलको प्रयोग नगरी निर्माण गरिएको रिसोर्टमा काठैकाठका भिल्लाहरु छन् । रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु छन् ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बुधबार ००:००  ११ : १९ बजे