परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छिन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताइन् ।
श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले देशलाई स्थायित्व दिएको छ,झ उनले भनिन्, ञयसले गर्दा पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पत्याउने वातावरण बनेको छ ।
देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । उनले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताएकी छिन् । पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भनिन्, ञपछिल्लो पटक मैले हिउँविनाको खैरो ( ग्रे ) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।
नले नेपालका छिमेकी मुलुकहरूमा देखिएको बाढी र नेपालमा पनि खडेरी तथा अतिवृष्टिको जोखिम बढेको बताइन् । यो समस्या हाम्रो कारणले मात्र भएको होइन, तर यसको सबैभन्दा ठुलो मार हामीले खेपिरहेका छौँ, उनले भनिन् ।












