२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माइतीघर पुर्‍याइदिन भनेपछि डाक्टरसँग अनशन सुरु गरेका मेयरको विवाद



अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफूलाई माइतीघरमै पुर्‍याइदिन भनेपछि वीर अस्पतालमा उनी र चिकित्सकबीच विवाद भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको अवस्थामा अस्पतालबाट पठाउन नमिल्ने भन्दै चिकित्सकले ‘डिस्चार्ज’ नगरेका हुन् ।

उनले बुधबार (साउन १४) देखि काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका थिए । बुधबारै राति करिब १० बजे प्रहरीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो ।

उनको स्वास्थ्य जाँच गर्दा प्रेसर घट्दै गएको खुलेको छ । मेयरका तर्फबाट वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईले विवाद उत्पन्न भएको बताए ।

तीनदिने सत्याग्रहपश्चात् पनि माग सम्बोधन नभएपछि मेयर भट्टराईले बुधबारदेखि आमरण अनशन थालेका थिए । सातबुँदे माग राखेर गएको आइतबारदेखि उनले सत्याग्रह थालेका थिए ।

मेयर भट्टराईले हिमाल र प्रकृति जोगाउनुपर्ने, बाँसका सामग्री प्रयोग गर्न नीति बनाउनुपर्ने, बाँदर व्यवस्थापन गर्नुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्नेलगायत माग गरेका छन् । मेयर भट्टराईले आफ्ना माग पूरा नभए देहत्याग गर्ने समेत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८२, १६ श्रावण बिहीबार ००:००  १२ : १९ बजे