२०८२, ३ चैत्र मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा रागाँले हानेर एक वृद्धको मृत्यु



रागाँले हानेर सुनकोशीमा एक वृद्धको मृत्यु भएको छ । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका–४ डाँडा जेरुङका ७२ बर्षिय बल बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार बिहान साँढे नौ बजे आफ्नै घरको राँगा गोठबाट बारीमा सार्ने क्रममा राँगा उफ्रिएर नाकमा लगाएको डोरी चुँडाई राँगाले हान्दा गोरेटो बाटोबाट तीन मिटर तल पुग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विजय कार्कीले जानकारी दिए ।


घटनास्थल सुरक्षित राखेर घटनाकोबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १६ श्रावण बिहीबार ००:००  ३ : ०२ बजे